दफा १९
कार्यकारी निर्देशक
– (१) कोषको दैनिक कार्य सञ्चालन गर्नका लागि अर्थशास्त्र, व्यवस्थापन वा समाजशास्त्र विषयमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक विकास वा गरीबी निवारणको क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएका व्यक्तिहरुमध्येबाट खुला प्रतिस्पर्धाको आधारमा समितिले एकजना कार्यकारी निर्देशक नियुक्ति गर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यकारी निर्देशकको पदपूर्ति नभएसम्मको लागि समितिले उपदफा (१) बमोजिमको योग्यता पूरा गरेको कुनै व्यक्तिलाई  कार्यकारी निर्देशकको पदमा बढीमा ६ महिनाको लागि नियुक्ति गर्न सक्नेछ ।
(३) कार्यकारी निर्देशकको पदावधि पाँच वर्षको हुनेछ ।
(४) कार्यकारी निर्देशकको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछ ।
(५) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यकारी निर्देशकले कोषलाई हानि नोक्सानी हुने कुनै कामकारबाही गरेमा वा भ्रष्टाचारको अभियोग प्रमाणित भएमा वा समितिको नीति निर्देशनविपरीत काम गरेमा समितिले तोकिएको प्रक्रिया अपनाई निजलाई कार्यकारी
निर्देशकको पदबाट हटाउन सक्नेछ ।